Click to Chandramani

Mosaic - realtime tiling between GIF/JPG pics!


Please download Java(tm).

Monday, November 26, 2007

Gazal - अब बिर्सिदेऊ



भुलवश यो भयो प्यारा अब बिर्सिदेऊ
जे भयो भइगयो सारा अब बिर्सिदेऊ


कम्पित हुदै मन रूला हिजोको गुन्जनमा
प्रेमबचन छद्मभेशी नारा अब बिर्सिदेऊ


खहरेले निलेछ धान झुल्ने फाटंलाइ
जाइ सयपत्री फुल्ने गह्रा अब बिर्सिदेऊ


उड्दै गयौ खस्ने कहा चुडिएको चंगा सरी
सुवासिलो माटो प्रिय धरा अब बिर्सिदेऊ


कटूस काफल रुदै झरे न्याउलीको बिरहमा
चुथ्रो अनि खनिउको जरा अब बिर्सिदेऊ


जगत सिन्ची जिबन फुलाउने आशा थियो
काली झाली माली रहे थारा अब बिर्सिदेऊ


सुटुक्कको कानेखुशी चट्यागं जस्तो पड्केपछी
जसरि नि तिर्छु भन्ने दुधको भारा अब बिर्सिदेऊ


By Amrit Kafle 

No comments: