Click to Chandramani

Mosaic - realtime tiling between GIF/JPG pics!


Please download Java(tm).

Monday, November 26, 2007

फ्रेन्च वाइन कूटनीति


फ्रेन्च वाइन कूटनीति

दिनेश वाग्ले

लेडिज एन्ड जेन्टलम्यान, सेनोरास ए सेनोरेस, म्याडामेज एट मोसुँर, यो साँझ आज हामी त्यो वाइनको उद्घाटन गर्दैछौं, जो विश्वभरि पिइनेछ’, समारोह सञ्चालकले सबैको ध्यान खिच्दै भने- ‘दस, नौ, आठ….तीन, दुई, एक बुजु । लौ यहाँ छ, बुजोले नोभो ।’ त्यसपछि सबैले यो वर्षको बुजोले चियर्स गरे । अन्तर्राष्ट्रिय समाचार संस्था ‘एजेन्स फ्रान्स प्रेस’ (एएफपी) को एउटा रिपोर्टबाट लिइएको यो वर्णन सानो फ्रेन्च सहर बोजुमा मध्यरात आयोजित बुजोले वाइनको बिर्को खोल्ने समारोहको हो । प्रत्येक वर्ष नोभेम्बरको तेस्रो बिहीबार विश्वभरि त्यस्तै समारोहमा बुजोलेका बिर्काहरू खोलिन्छन् र पारखीले त्यो ताजा रेड वाइनको स्वाद लिन्छन् । जापानको एनएचके टीभीले प्रत्यक्ष प्रसारण गरेको बोजु सहरको जस्तो भव्य नभए पनि नेपालका लागि फ्रेन्च राजदूतले विशालनगरस्थित आफ्नो निवासमा बिहीबार बेलुकी आयोजना गरेको बुजोले चाख्ने समारोह पनि कम मादक थिएन । महिला तथा सज्जनवृन्द, सेनोरास ए सेनोरेस, म्याडामेज एट मोसुँर चाख्नुस् बुजोले । लामो कपाल, अग्लो शरीर र कसिलो ज्यान भएका फ्रेन्च कूटनीतिज्ञ आफ्नी सुन्दर चिनियाँ पत्नीलाई बायाँ राखेर अतिथि स्वागत गरिरहेका थिए । साँझ छिप्पिँदै गर्दा सबैका हातमा बुजोलेका ग्लासहरू थामिइसकेका थिए, बगैंचामा स्थापित अस्थायी अगेनाहरूबाट आइरहेको न्यानोलाई सम्भवतः बुजोलेको तापले बिर्साइरहेको थियो । कुराकानीबाट फुर्सद पाएकाहरू छेवैमा सानो स्टेजमाथि बसेका सूरसुधा सदृश्यहरूले निकालेको इन्स्ट्रुमेन्टल धुनमा खुट्टा थपथपाउँदै या टाउको हल्लाइरहेका थिए ।


gilles henry garault the french ambassador in Nepal



No comments: