Click to Chandramani

Mosaic - realtime tiling between GIF/JPG pics!


Please download Java(tm).

Monday, November 26, 2007

Gazal- ठिक गर्‍यौ

animated gifs                  animated gifs


जे गर्‍यौ तिमीले एकदम ठिक गर्‍यौ
मायाको बदला प्यालामा बिष भर्‍यौ


रोकिएका श्वासहरु खोसिएका साथहरु
चुँडालेर मुटू तिमीले बहुत टिठ गर्‍यौ


जिउनु किन ओइलिएर सुक्नु किन सेकिएर
झोसिदेर आगो तिमीले गजब हित गर्‍यौ


रुझेका वर्षातहरु रोइरहे सांझ भरी
पोखेर मुस्कान ओठमा तिमीले प्रित गर्‍यौ


बेदनाको रापमा मनहरु पिल्सिरंदा
छोपेर मुख तिमी ले खितखित गर्‍यौ


यस्तै रह्यो यस्तै भयो गुनासो छैन केहि
ओढेर एक्लै वसन्त तिमीले जित गर्‍यौ



Amrit kafle wrote series

No comments: