Click to Chandramani

Mosaic - realtime tiling between GIF/JPG pics!


Please download Java(tm).

Monday, November 26, 2007

श्री ७ को (सात दलको) सरकारको बार्षिक नीति तथा कार्यक्रम

शत्रुध्वन पोखरेल
व्यंग्य

आगामी वर्ष क्यालेण्डरका अनुसार १२ महिनाकै हुने भए पनि आइन्स्टाइनको सापेक्षताको सिद्धान्तले भनेझै असहज परिस्थिति र कठीन समय हुने हुदा १८ महिना भन्दा लामो भएको अनूभूति हुनेछ । यसो हुदा नेपालले वर्षा १८ महिना हुने मेक्सिकोको र्रकर्ड पनि बराबर गर्नेछ । यसरी देशमा नयां युगको सुरुवात हुने छ ।

नया युगको सुरुवातसंगै नयां नेपाल बनाउने एजेण्डा सरकारको पहिलो र एकमात्र प्राथमिकता हुनेछ । जसका लागि मुख्यतया देहायका काम, कारवाही, कार्यक्रम, उल्का, उट्पट्यांग, गरिनेछ ।

१ अगामी छ महिना भित्र भारत र चीनसंग युद्धको घोषणा गरी ती मूलुकका ठूलो भुभाग कब्जा गरिनेछ । कब्जा गरिएका भुभाग नेपालमा मिलाउदा नयां नेपाल बन्नुका साथै नेपालले समुद्रसम्मको पहुच पाउने छ यसबाट नेपालको विकासमा भुपरिवेष्ठितताको अवरोध पनि हट्नेछ । यस युद्धको दक्षिणतर्फो मोर्चा मधेसी टाइगर र उत्तर तर्फो मोर्चा वाईसीएल ले सम्हाल्ने छन ।

No comments: